फेरी म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजार २६८ जना भर्ना गरिने

<p>काठमाडौं । आउदो केन्द्र र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरीले झण्डै १ लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ । निर्वाचनको सुरक्षाका लागि प्रहरीले ९८ हजार २६८ जनालाई भर्ना खुलाएको हो । निर्वाचनमा खटिने म्यादीको समय ५५ दिन हुने छ । म्यादीलाई नेपाल प्रहरीको [&hellip;]</p>

काठमाडौं । आउदो केन्द्र र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरीले झण्डै १ लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।
नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ । निर्वाचनको सुरक्षाका लागि प्रहरीले ९८ हजार २६८ जनालाई भर्ना खुलाएको हो । निर्वाचनमा खटिने म्यादीको समय ५५ दिन हुने छ ।
म्यादीलाई नेपाल प्रहरीको जवान सरह आधारभूत तलव १७ हजार २३० का दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानिय भत्ता उपलब्ध गराइने प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
कार्यस्थलमा खटिने म्यादीलाई ७ दिनका लागि प्रतिदिन २५० रुपैयाँ विशेष भत्ता र सोही बराबर खाना खर्च उपलब्ध गराइने प्रधान कार्यलयले जनाएको छ । यस्तै पोशाकलाई ४ हजार र खटिएको ठाउँमा आउन जानका लागि १ हजार रुपैयाँ दिने प्रधान कार्यलयले जानकारी दिएको छ । १८ वर्ष पुरा गरी ५४ वर्ष ननाघेकाले उमेर हद तोएिको छ ।

 

Share News