गरिमा विकास बैंकको ४८ औं शाखा नयाँ सडकमा, रुपन्देहीमा पनि खोल्ने तयारी

<p>काठमाडौं । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले आफ्नो ४८ औं शाखा नयाँ सडकमा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् [&hellip;]</p>

काठमाडौं । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले आफ्नो ४८ औं शाखा नयाँ सडकमा शाखा बिस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रिय स्तरको गरिमा वकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ ।

बैंकले राजधानीमा पाँचशाखा सहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमाउत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ ।

यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

Share News