निर्माण व्यवसायी शरद गौचनको गुण्डा नाईके वाहुन समूहले हत्या गरेको आशंका

<p>काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ ।  सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो [&hellip;]</p>

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ ।  सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् ।

उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् ।

गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए ।

हत्या गर्न बाटो कुरेर बसेका एक जनाले पहिला इट्टाले गौचनको गाडीको सिसामा हानेर सिसा फुटाएपछि नजिकै रहेका अर्का ब्यक्तिले उनीमाथी २ राउण्ड गोली हानेका थिए ।

गुण्डा नाईके रमेश बाहुन समुहले गौचन माथि गोली प्रहार गरेको प्रहरीले अशांका गरेको छ । यद्यपी पुष्टि हुन सकेको छैन् । गुण्डा बाहुन अहिले जेलमा छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि बाहुन समुहले नै उनलाई गोली हानेको प्रारम्भीक अनुमान गरिएको छ । अपराधीको पहिचान भएको भन्दै प्रहरीले राजधानीमा सुरक्षा चेकजाँच कडा पारेको छ ।

 

Share News