घर आँगनमै स्थानीय सरकारः यी हुन् वडा कार्यालयले गर्ने ४१ काम

<p>काठमाडौं । मुलुकका सात वटै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । जन निर्वाचित प्रतिनिधीले नागरिकका काम धमाधम सुरु गरिसकेका छन् । स्थानीय निर्वाचनसँगै नागरिकका समस्या सुन्ने सरकार आफ्नै आँगन छेउमै पुगेको अनुभूति पनि गर्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको विधेयकलाई संसदको विकास समितिले पास गरेर संसदमा पेश गरिसकेको छ । ऐनको [&hellip;]</p>

काठमाडौं । मुलुकका सात वटै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । जन निर्वाचित प्रतिनिधीले नागरिकका काम धमाधम सुरु गरिसकेका छन् । स्थानीय निर्वाचनसँगै नागरिकका समस्या सुन्ने सरकार आफ्नै आँगन छेउमै पुगेको अनुभूति पनि गर्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको विधेयकलाई संसदको विकास समितिले पास गरेर संसदमा पेश गरिसकेको छ ।

ऐनको अभावमा स्थानीय तहलाई काम गर्न केहि असहजता आएको देखिन्छ । स्थानीय तहको सबै भन्दा तल्लो इकाईका रुपमा रहने वडा कार्यालयहरुले गर्ने कामहरुको ठुलै सूचि ऐनको विधेयकमा समेटिएको छ ।

तपाईको वडा कार्यालयले के के काम गर्छ, थाहा छ ?
यी हुन वडा कार्यालयले गर्ने ४१ वटा काम 

१) बाल उद्यानको व्यवस्था गर्ने,
(२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा
प्रारम्भिक बाल ववकास केन्द्र सञ्चालन र
व्यवस्थापन गर्ने,
(३) पुस्तकालय, वाचनालय, सामदुायिक ध्यान केन्द्र,
बाल क्लव तथा बालसञ्जालको सञ्चालन र
व्यवस्थापन गर्ने,
(४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको
व्यवस्थापन गर्ने,
(५) खोप सेवा कायक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
(६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
(७) वडा तहमा स्वास्थ्य सचेतना विकास तथा
स्वास्थ्य सूचना कायक्रमको सञ्चालन गर्ने,
(८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन
गर्ने, गराउने,
(९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
(१०) वडास्तरीय सामदुायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गणुस्तर नियमन,
(११) घरबाट निकास हनुे फोहरमैलाको सङ्कलन र
व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफार्ई
ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही
पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने,
गराउने,
(१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र
प्रवद्र्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको
अभिमखुीकरण गर्ने,
(१३) कृषि बीउ विजन, मल तथा औषधीको माग
सङ्कलन गर्ने,
(१४) कृषिमा लाग्ने रोगहरूको वववरण सङ्कलन गर्ने,
(१५) पशुपंछी विकास तथा छाडा चौपायाको
व्यवस्थापन,
(१६) वडाभरिको चरन संरक्षण तथा व्यवस्थापन
गर्ने,
(१७) स्थानीय समदुायका चाडपर्व, भाषा संस्कृतिको
विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा
साँस्कृतिक कार्यक्रम गर्ने, गराउने,
(१८) स्थानीय मौलिकता झल्कने साँस्कृतिक
रीतिरीवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने,
(१९) वडाभरि खेलकुद पूर्बाधारको विकास गर्ने,
(२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकूद
कार्यक्रमको सञ्चालन गर्ने, गराउने,
(२१) वडा भरिको वाटोघाटो चालु अवस्थामा राख्ने
तथा राख्न सहयोग गर्ने,
(२२) वडाभरिका सडक अधिकार क्षेत्रमा अवरोध र
अतिक्रमण गर्न नदिने,
(२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक
प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने,
(२४) घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता
पहिचान गर्ने,
(२५) वडाभरि घरेलु उद्योगको प्रवद्र्धन गर्ने,
(२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता,
अद्यावधिक तथा सोको अभिलेख सङ्कलन तथा
संरक्षण गर्ने,
(२७) व्यक्तिगत घटना दर्ता सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
(२८) सामाजिक सरक्षा भत्ता वितरण तथा अभिलेख
अद्यावधिक गर्ने,
(२९) वडालाई बालमैत्री बनाउने,
(३०) वडाभरि आधुनिक तथा सामाजिक रुपमा पछाडी
परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका
व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत
समदुायको अभिलेख राखी सामाजिक र आर्थिक
उत्थान सम्बन्धी काम गर्ने,
(३१) विभिन्न समदुायकाबिच सामाजिक सद्भाव र
सौहार्दता कायम गर्ने,
(३२) बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
(३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा
भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर,
सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस
दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको
लेखाजोखा र सङ्कलन गरी सम्बन्धित गाउँपालिका
वा नगरपालिकामा प्रतिवेदन सहित रकम
बुझाउने,
(३४) असक्त बिरामी भएको बेवारिस वा असहाय
व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य
केन्द्रमा पुर्याई औषधोपचार गराउने,
(३५) असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
(३६) सडक बालबालिकाको उद्धार र पुनस्थापनाको
लागि लगत सङ्कलन गर्ने,
(३७) वडाभरिको सामुदायिक वन, वनजन्य सम्पदा र

जैविक बिविधताको संरक्षण र प्रवद्र्धन गर्ने,
(३८) वडा, टोल, बस्तीस्तरमा हरियाली बिस्तार गर्ने
गराउने,
(३९) वडालाई वातावरणमैत्री बनाउने,
(४०) प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री
तथा बालमैत्री शासन जस्ता प्रवद्र्धनात्मक कार्यहरू
गर्ने, गराउने,
(४१) वडाभरि घरबास पयर्टन (होम स्टे) कार्यक्रम
प्रवद्र्धन गर्ने ।

Share News