सरकारको निर्णयलाई चुनौति दिँदै खड्का पुगे सर्वोच्च, निर्णय कार्यान्वयन नगराउन माग

<p>काठमाडौ । सरकारले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा आर्थिक हिनामिना गरेको भन्दै कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका गोपालबहादुर खड्का बुधबार सर्वोच्च अदालत पुगेका छन् । सरकारले बर्खास्त गरेको निर्णयलाई चुनौति दिदै खड्का सर्वोच्च पुगेका हुन् । आफूलाई सफाइ गर्न समेत मौका नदिएको जिकिर गर्दे खड्काले अन्तरिक आदेश जारीको माग गर्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन माग [&hellip;]</p>

काठमाडौ । सरकारले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा आर्थिक हिनामिना गरेको भन्दै कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका गोपालबहादुर खड्का बुधबार सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले बर्खास्त गरेको निर्णयलाई चुनौति दिदै खड्का सर्वोच्च पुगेका हुन् । आफूलाई सफाइ गर्न समेत मौका नदिएको जिकिर गर्दे खड्काले अन्तरिक आदेश जारीको माग गर्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन माग गर्दै रिट दायर गरेका छन् ।

खड्काले रिट दायर गरेको सर्वोच्चका प्रवत्ता नारायण पन्थीले जानकारी दिए । उनले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र आउदो ०७५ माघ १२ गतेसम्म कार्यकाल रहेको भन्दै सरकारले गरेको निर्णय गैरकानूनी भएको खड्काको दावी थियो ।

जग्गा खरिदमा सरकारी जग्गा प्राप्ति ऐन अनुसारको प्रक्रिया पूरा नगरी बोलपत्र आब्हान गरेर उनले जग्गा खरिद गरेका थिए । संसदको उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण सम्बन्ध समितिले अध्ययन गर्दा जग्गा खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित खड्कालाई पदमुक्त सरकारलार्इ सुझाव दिएकाे थियाे ।

सोमबार विकासन्युजसंग कुरा गर्दे खड्काले न्यायका लागि सर्वोच्च जाने बताएका थिए । (साथै, यो पनि पढ्नुहोस्)

 

 

 

Share News