काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार एक सय एघार रुपैयाँ प्रदान गरेको छ ।
बैंकले हालै देशका विभिन्नस्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरवार विहीन भएकाहरुको लागि उक्त रकम सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब. राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।