आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक खड्कालाई बर्खास्त गरेको हो । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय, अपचलन र अनियमितता भएकाले आयल निगमबाट खड्कालाई पद्च्युत गरेको हो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक खड्कालाई बर्खास्त गरेको हो ।

मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय, अपचलन र अनियमितता भएकाले आयल निगमबाट खड्कालाई पद्च्युत गरेको हो ।

२ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीकाे भन्दा ४ गुणा बढी तिरेको समितिको ठहर छ । आपूर्ति मन्त्री शिव कुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले यो निर्णय गरेको हो।

बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

Share News