इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका र उपाध्यक्षमा छोटेलाल चयन

<p>काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । भदौ २१ गते फोरमका अध्यक्ष आत्मराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले भदौं २६ गते राजीनामा गरेपछि अध्यक्ष पौडेल र उपाध्यक्षमा रौनियार सर्वसहमतिमा चयन गरिएको फोरमका महासचिव बच्चुराम रिमालले जानकारी दिए । त्यस्तै फोरमको रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । भदौ २१ गते फोरमका अध्यक्ष आत्मराम घिमिरे र उपाध्यक्ष रणकेशव प्रधानले भदौं २६ गते राजीनामा गरेपछि अध्यक्ष पौडेल र उपाध्यक्षमा रौनियार सर्वसहमतिमा चयन गरिएको फोरमका महासचिव बच्चुराम रिमालले जानकारी दिए ।

त्यस्तै फोरमको रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरिएको रिमालले जानकारी दिएका छन् ।

विगत लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहन गएकोमा पूँजीबजार विकासका लागि सक्षम योग्य एवं अनुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि सरकारसँग फोरम माग गरेको छ ।

Share News