काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले तराई बाढीपिडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय राजविराज मार्फत उक्त राहत वितरण गरिएको थियो ।
तिलाठी कोइलाडी गाँउपालिका वडा नं ५ अन्तर्गत कोइलाडी बर्साइन गाविसको वडा नं. १, ३ र ४ मा ४ सय ५० जना बाढीपिडित परिवारलाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको छ ।
२०७४ भाद्र १७ गतेको दिन राजविराज शाखाका शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्व रहेको उक्त राहत वितरण कार्यक्रममा कम्पनीका शाखा कार्यालयका कर्मचारीहरु लगायत अन्य शाखाका प्रमुखहरु तथा अभिकर्ताहरुको टोली एवंम प्रहरी प्रशासनका कर्मचारीहरु राहत सामाग्री पिडितहरुको घर आगनमै पुगी वितरण गरेको जानकारी जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।