सुन प्रकरणमा दुईजना सवारी चालक पक्राउ

<p>रसुवा । अठासी किलो सुन प्रकरणमा रसुवाबाट २ जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी २ सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको [&hellip;]</p>

रसुवा । अठासी किलो सुन प्रकरणमा रसुवाबाट २ जना सवारी चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् ।

यी २ सवारी चालकमध्ये तामाङले चिनियाँ भूभागमा र खड्काले नेपाली भूभागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए ।

रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको ३ वटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा वा१७च ६४२७ नंको टाटा सफारीकार दर्ता भएको नभेटिएको प्रहरीले जनाएको छ । रासस

Share News