काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला र नगर उद्योग उपाध्यक्षको निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले तत्कालका लागि चुनाव नगर्न अन्तरिम आदेश जारी गरेपछि रोकिएको हो ।
न्यायधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले तत्कालका लागि निर्वाचन स्थगित आदेश दिएको छ । उपाध्यक्षबाट हटाइएका प्रमोद श्रेष्ठले निर्वाचन रोक्न दिएको निवेदनको अल्पकालिन सुनुवाइ गर्दे सर्वोच्चल रोेक्न आदेश दिएको हो ।
सक्रिय राजनीतिमा लागेको भन्दै महासंघले श्रेष्ठको पद खारेज गरेको थियो । पद खारेज भएपछि श्रेष्ठ सर्वोच्च पुगेका गएका थिए । वेनी नगरपालिकामा नेकपा एमालेबाट प्रत्यासी बनेका श्रेष्ठ झिनो मतले पराजित भएका थिए ।