भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा, ल्याएपनि नल्याएपनि पैसा तिर्नेपर्ने

<p>काठमाडौं । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ । ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक [&hellip;]</p>

काठमाडौं । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ ।

ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए ।

बिजुली प्रयोगमा ल्याएपनि र नल्याएपनि भारतलाई पैसा भने प्राधिकरणले तिरिरहनुपर्ने हुन्छ । टेक अर पे सर्त रहेकोले त्यहाँबाट विद्युत ल्यानैपर्ने बाध्यता रहेको छ । एक दिन ल्याउन नसके पनि १ करोड २० लाख रुपैयाँ घाटा हुने उल्लेख छ । नागरिक दैनिकबाट ।

Share News