काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका उम्मेदवारहरू मध्ये ५ सयभन्दा बढीले न्यून मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार चुनावमा सहभागी भएका कुल ३ हजार ४०६ उम्मेदवारमध्ये ५३३ जनाले १० मत पनि कटाउन सकेनन् । अर्थात् कुल उम्मेदवारमध्ये करिब १५.५ प्रतिशतले १० भन्दा कम मत प्राप्त गरेका छन् । यी उम्मेदवारहरू अधिकांश स्वतन्त्रबाट उठेका हुन् ।
निर्वाचनको मत परिणामअनुसार १० भन्दा कम मत ल्याउने उम्मेदवार सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् । मधेश प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र तोकिएका थिए । तीमध्ये धनुषा-१ को मत परिणाम भने यस समाचारमा समावेश गरिएको छैन । उक्त क्षेत्रमा सर्वोच्च अदालतले मत परिणाम घोषणा गर्न रोक लगाएको कारण त्यसलाई गणनामा नसमेटिएको हो । त्यस बाहेकका अन्य सबै निर्वाचन क्षेत्रको परिणामअनुसार मधेश प्रदेशमा २४४ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् ।
मधेशपछि बागमती प्रदेशका १५० जना उम्मेदवारले १० भोट पनि कटाउन सकेनन् । त्यस्तै, लुम्बिनी प्रदेशका ९७ जना, गण्डकी प्रदेशका १७ जना, कोशी प्रदेशका १५ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा १० भन्दा कम भोट ल्याउने उम्मेदवार अरु प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका ५ र सुदूरपश्चिमका ३ जना उम्मेदवार जसले १० भन्दा कम भोट ल्याएका छन् ।
कम भोट ल्याउने उम्मेदवारहरू
मधेश प्रदेश
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरीले सबैभन्दा धेरै ३८ हजार १ सय ९५ मत ल्याएर विजयी भएकी छन् । उक्त क्षेत्रबाट १० भन्दा कम मत ल्याउनेमा २ जना रहेका छन् । जसमा स्वतन्त्रबाट लेखनाथ कुमार ठाकुर र रामकुमारी खङ रहेका छन् । ती दुवै जनाको मत क्रमशः ९ र ८ रहेको छ ।
सप्तरी क्षेत्र नम्बर २ बाट १० भन्दा कम मत ल्याउनेहरूमा ५ जना छन् । स्वतन्त्र पार्टीबाट प्रेम कुमार यादव र शुशिला कुमारी शाहले ९ भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाटै साधना दास, सञ्जयकुमार चौधरीले ४ मत प्राप्त गरेका छन् । त्यस्तै अभिनाश कुमार सिंहले २ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् ।
सप्तरी ३ बाट ३ जनाले १० भन्दा कम मत ल्याएका छन् । तीनै जना स्वतन्त्रका हुन् । प्रभु नारायण चौधरीले ८ भोट, रजिया देवी सदाले ४ भोट र ओम प्रकाश विश्वकर्मा स्वतन्त्र २ भोट मत ल्याएका छन् । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी भएका छन् ।
सप्तरी ४ बाट ५ जनाले १० मत पनि कटाउन सकेनन् । ती सबै स्वतन्त्र पार्टीबाट उठेका हुन्् । प्रेमकुमारी महराले ९ मत, दुर्गाप्रसाद यादवले ८ मत, सनमकुमारी चौधरीले ७ मत, सुनिल कुमार यादव ७ मत र केश्वरप्रसाद साहले ७ मत ल्याएका छन् ।
सिरहा क्षेत्र नम्बर १ बाट ९ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको देखिएको छ । ती सबै उम्मेदवार स्वतन्त्र पार्टीबाट रहेका छन् । दिनेश पासमान, रामचन्द्र यादवले ९ मत प्राप्त गरेका छन् । आशिषलाल दास, जुगाई मण्डलले ७ भोट, इन्द्रदेव महतो, नागेन्द्रकुमार यादव नन्द साफी धोवीले ५ भोट, वालेश्वर दास तत्माले ४ भोट र रामदेव ठाकुरले एक मात्रै भोट पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बब्लु गुप्ताले ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् ।
सिरहा २ मा ८ जना उम्मेदवार जसले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा भने रास्वपाका शिव शंकर यादव रहेका छन् । उनले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् ।
१० भन्दा कम मत ल्याउनेहरूमा स्वतन्त्रबाट उषाकुमारी यादव ९ भोट, रामगणेश यादव ८ भोट, उदय कुमार ७ भोट, राजकुमार चौधरी ६ भोट, रमेशकुमार यादव ५ भोट, रोविन यादव ५ भोट शान्ति देवी यादव ५ भोट र कपलेश्वरी देवी शाहले ३ भोट पाएका छन् ।
सिरहा ३ मा १० भन्दा कम मत ल्याउने उम्मेदवारहरू १७ जना रहेका छन् । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी रास्वपाका शम्भुकुमार यादवले ३२ हजार २४९ मत ल्याएर विजयी भएका छन् ।
१० भन्दा कम भोट ल्याउन उम्मेदवारहरूमा स्वतन्त्रबाट कुमार यादव, बब्लुकुमार यादवले ८ भोट, अंकितकुमार यादव र दुष्यन्तकुमार कर्णले ७ भोट, आनान्द विश्वकर्मा, सूर्यदेव यादव र से.जहुरले ६ भोट पाएका छन् । त्यस्तै, राकेश कुमार यादव र राम कुमार कमातीले ५ भोट, दिपेन्द्र कुमार यादव र रमेश चन्द्र शर्मालेख ४ भोट, प्रदिप कुमार श्रेष्ठ, रामेश्वर यादवर सुमित श्रेष्ठले ३ भोट प्राप्त गरेका छन् । जिवछकुमार यादव स्वतन्त्र २ भोट, मञ्चन महतो र सतीशचन्द्र सिंहले १ भोट मात्रै पाएका छन् ।
सिरहा ४ बाट ६ जनाले १० भन्दा कम मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका योगेन्द्रप्रसाद महरा र रामवृक्ष महराले ७ भोट पाएका छन् । विन्देश्वर महतोले ६ भोट। भागेश्वर दासले ४ भोट, रञ्जित कुमार यादवले ४ भोट र जिवछ मोची स्वतन्त्र २ भोट प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा रास्वपाका तपेश्वर यादवले सबैभन्दा बढी मत ३६ हजार २१० ल्याएर विजयी भएका हुन् ।
धनषा क्षेत्र नम्बर २ बाट रास्वपाका राम विनोद यादवले सवैभन्दा धेरै मत ४१ हजार ६३७ मत ल्याएर विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा ९ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । ती सबै जना स्वतन्त्र बाटै उठेका उम्मेदवार हुन् ।
अजयकुमार मरिक, लालबाबु मण्डल, सन्तोषकुमार यादवले ९ भोट ल्याएका छन् । मुकेशकुमार ८ भोट, रामसुभेष मण्डल खत्वे ७ भोट, भोला पासवन स्वतन्त्र ६ भोट, सरोजकुमार महरा, सुजितकुमार दासले ५ भोट र ज्ञानकुमार यादवले ४ भोट प्राप्त गरेका छन् ।
धनुषा ३ मा १५ जना उम्मेदवारले १० भन्दा कम र ३ जनाले शून्य मत प्राप्त गरेका छन् । नबोनाथ ठाकुरले ९ भोट, कृष्ण कुमार सुल्तानियाले ८ भोट पाएका छन् । अजय कुमार यादव र मुकेश यादवले ७ भोट, विक्रम शाह, भरत कुमार शाह, राज कुमार भण्डारी, सुनिल शाह, हरिनारायण यादवले ६ भोट ल्याउका छन् ।
त्यसैगरी केवल ठाकुरले ५ भोट, राजु कुमार शाह, रामसरोज साह, सुवदार यादवले ४ भोट प्राप्त गर्दा मनोज कुमार साह र विनोद कर्णले २ भोट प्राप्त गरेका छन् ।
कृष्ण कुमार साह, मात्रिका प्रसाद दास र सीता देवी शाहले एक भोट पनि पाएनन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका मनिष झाले ४३ हजार ९८८ मत ल्याएर विजयी भएका छन् ।
धनुषा ४ मा १० जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा राज किशोर महतोले सबैभन्दा धेरै ४८ हजार २७० मत ल्याएर विजयी भएका छन् । जागेश्वर महतो कोइरी, ९ भोट नारायण बास्तोला र राज कुमार महतोले ८ भोट ल्याएका छन् ।
हरि शंकर प्रसाद यादवले ७ भोट, मिथिलेस कुमार यादव, राजेश कुमार यादवले ६ भोट पाएका छन् । राकेश चौधरी, वाँवी कुमारी महतो र हरि प्रसाद पौडेलले ५ भोट र राम हृदय यादवले ३ भोट पाएका छन् ।
महत्तरी १ मा २ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सचिन महतोले ९ भोट र सविता कुमारी देवीले ३ भोट मात्रै प्राप्त गरेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका प्रमोद कुमार महतो सबैभन्दा धेरै ३४ हजार ६३६ मतसहित विजयी भएका छन् ।
महत्तरी २ बाट ९ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । रास्वपाका जिवेन्द्र यादव, महेश कुमार यादव, दिलिप कुमार यादव स्वतन्त्र, प्रविण कुमार यादव्, महंथ सदा, ललिता कुमारी मुसहर सत्य नारायण साह, अघनु पासमान र रेशमा देवीले १० भन्दा कम मत ल्याएका हुन् ।
महोत्तरी २ मा रास्वपाका दीपक कुमार साहले सबैभन्दा धेरै ३२ हजार ७२२ मत ल्याएर विजयी भएका छन् ।
महोत्तरी ३ मा ७ जना उम्मेदवारहरू रामचन्द्र पासमान, अजय कुमार महतो, पवनकुमार यादव, विजयकुमार मण्डल, पंकजकुमार पाण्डेय, सुरेशकुमार साह र रंजयकुमार मिश्रले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा उज्वल कुमार झा हुन् । जसले ३४ हजार ४५१ मत ल्याएका छन् ।
महोत्तरी ४ मा १२ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउनेमा रास्वपाका गौरी कुमारीले ३० हजार १३२ मत ल्याएकी छिन् ।
सर्लाही निर्वाचन क्षेत्रबाट नितिमा भण्डारीले सबैभन्दा धेरै ४४ हजार १८१ मत प्राप्त गरेर विजयी भएका छन् भने ४ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सर्लाही २ मा २ जनाले १० मत पनि कटाउन सकेनन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर विजयी भएका छन् ।
सर्लाही ३ मा ११ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् । सर्लाही ४ पनि ११ जना उम्मेदवारले १० मत पनि ल्याउन सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् ।
रौतहट १ मा स्वतन्त्रका राजेश कुमारी चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी हुँदा १३ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । त्यस्तै, रौतहत २ मा नेपाली कांग्रेसका मो. फिरदोष आलमले २९ हजार ५२८ मत ल्याएर विजयी भएका छन् भने ५ जनाले १० भन्दा कम मत पाएका छन् ।
रौतहट ३ मा ७ जना उम्मेदवारले १० मत पनि ल्याउन सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर विजयी भएका छन् । रौतहट ४ मा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा रास्वपाका गणेश पौडेल जसले ३६ हजार ८७६ मत ल्याएका छन् । १० मत पनि कटाउन नसक्ने उम्मेदवार १२ जना देखिएको छ ।
मधेश प्रदेशकै बारा क्षेत्र नम्बर १ मा १ जना मात्रै १० भन्दा कम भोट ल्याउने उम्मेदवार देखिएको छ । सो क्षेत्रमा रास्वपाका गणेश धिमालले ३९ हजार ९९८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका रोशन कुमार उप्रेतीले ८ भोट मात्रै पाए ।
बारा २ मा १० जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्दन कुमार सिंहले सबैभन्दा धेरै ३५ हजार ५९० मत ल्याएका छन् । बारा ३ मा रास्वपाका अरविन्द शाहले सबैभन्दा धेरै ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा ५ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् ।
बारा ४ मा १२ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । उक्त क्षेत्रमा सबैभन्दा धेरै रास्वपाका रहब अन्सारीले ४१ हजार २ सय मत ल्याएका छन् ।
पर्सा १ मा रास्वपाका बुद्धिप्रसाद पन्थले सबैभन्दा धेरै २७ हजार २७४ मत ल्याएर विजयी हुँदा ११ जनाले १० मत पनि कटाउन सकेनन् । पर्सा २ मा रास्वपाकै सुशील कुमार कानुले सबैभन्दा धेरै ३० हजार ७४० मत ल्याएर निर्वाचित हुँदा ९ जनाले १० भन्दा कम मत ल्याएका छन् ।
पर्सा ३ मा ५ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । सो क्षेत्रमा रास्वपाका रमाकान्त प्रसाद चौरासिया विजयी भएका हुन् । त्यस्तै, पर्सा ४ मा रास्वपाकै टेकबहादुर शाक्य २८ हजार ६ मतसहित विजयी हुँदा ७ जनाले १० मत पनि कटाउन सकेनन् ।
बागमती प्रदेश
दोलखा निर्वाचन क्षेत्रबाट ८ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । सो क्षेत्रमा सबैभन्दा धेरै मत रास्वपाका जगदिश खरेलले ३२ हजार ३७६ मत ल्याएर विजयी भएका छन् । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी हुँदा स्वतन्त्रकमा दावा मिङमार तामाङले ३ भोट मात्रै ल्याए ।
धादिङ १ बाट रास्वपाका आशिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी हुँदा ५ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । धाधिङ २ मा रास्वपाकै वोधनारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर विजयी हुँदा ३ जनाले १० भन्दा कम मत ल्याएका छन् ।
नुवाकोट १ मा रास्वपाका विक्रम तिमल्सिनाले २२ हजार ५०९ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका विवेक सिलवालले ६ मत मात्रै ल्याएका छन् ।
काठमाडौं १ मा ११ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सो क्षेत्रमा रास्वपाकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत ल्याएर विजयी भइन् । काठमाडौं २ मा रास्वपाका सुनिल केसीले ३४ हजार २२८ मत ल्याएर विजयी हुँदा १२ जना उम्मेदवारको मत १० भन्दा न्यून रहेको छ ।
काठमाडौं ३ मा ५ जना उम्मेदवारको मत १० भन्दा कम रहेको छ । उक्त क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन् । काठमाडौं ४ मा २९ हजार १४२ मतसहित रास्वपाका पुकार बम विजयी हुँदा ८ जना उम्मेदवारको मत १० भन्दा न्यून छ ।
१० भन्दा कम मत ल्याउने उम्मेदवारहरू काठमाडौं ५ मा ५ जना, काठमाडौं ६ मा ७ जना, काठमाडौं ७ मा ११ जना, काठमाडौं ८ मा ९ जना, काठमाडौं १० मा ६ जना रहेका छन् । काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७, काठमाडौं ६ मा रास्वपाका शिशिर खनालले २७ हजार ९१६ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै, काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले २७ हजार ८०५, काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५९२, काठमाडौं ९ मा रास्वपाका डोलप्रसाद अर्यालले ३५ हजार ९३ र काठमाडौं १० मा रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित भएका छन् ।
भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जितले ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा ४ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । भक्तपुर २ मा १० मत पनि कटाउन नसक्ने संख्या १३ रहेको छ । उक्त क्षेत्रमा रास्वपाका राजिव खत्रीले ४२ हजार ३३४ मत ल्याएर विजयी भएका छन् ।
ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जनले २३ हजार ३७४ मत ल्याएर निर्वाचित हुँदा ८ जनाले १० भन्दा कम मत ल्याएका छन् । ललितपुर २ मा १० भन्दा न्युन मत ल्याउनको संख्या ४ जना रहेको छ । उक्त क्षेत्रमा रास्वपाका जगदीश खरेलले ३९ हजार ४११ मत ल्याएर विजयी भएका छन् ।
ललितपुर ३ मा रास्वपाका सोविता गौतमले ४३ हजार ९६ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् ।
काभ्रेपलाञ्चोक १ मा मधुकुमार चौलागाईंले २९ हजार ६१८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका युवराज चौलागाईंले ७ मत ल्याएका छन् । काभ्रेपलाञ्चोक २ मा रास्वपाका रास्वपाका बदनकुमारी भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजयी हुँदा २ जनाको १० भन्दा कम भोट रहेको छ । सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले २१ हजार ६९९ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका महेश कुंँवरले ४ भोट मात्रै ल्याएका छन् ।
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा ५ जनाको मत १० भन्दा कम रहेको छ । त्यस्तैगरी, मकावनपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीले सबै भन्दा धेरै ३० हजार ५० मत प्राप्त गरी विजयी हुँदा २ जनाले १० भन्दा कम भोट प्राप्त गरेका छन् ।
चितवन १ मा रास्वपाका हरि ढकालले ५८ हजार २०८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सौरव कडेलले ९ भोट ल्याएका छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका छन् । उक्त क्षेत्रमा ३ जनाको भोट १० भन्दा कम रहेको छ । चितवन ३ मा रास्वपाका सोविता गौतमले ५९ हजार २७७ मत ल्याएर विजयी हुँदा ४ जना उम्मेदवारले १० भन्दा कम मत पाएका छन् ।
लुम्बिनी प्रदेश
गुल्मी १ मा १० भन्दा कम मत ल्याउने उम्मेदवारहरू ८ जना छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकाल २९ हजार ६४२ मतसहित विजयी भएका छन् । गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा १० जनाको मत १० भन्दा न्युन रहेको छ ।
पाल्पा १ मा नेपाली कांग्रेका सन्दीप रानाले १८ हजार ३३६ मत ल्याएर विजयी हुँदा रास्वपाका युद्ध बहादुर विरकट्टाले ८ मात्रै मत पाए ।
अर्घाखाँची १ का रास्वपाका हरिप्रसाद भुसालले ३५ हजार २३ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार पम्फा श्रेष्ठले ३ मात्रै भोट ल्याएकी छन् ।
रुपन्देही १ मा रास्वपाका सुनिल लम्सालले ५४ हजार ८४५ मत ल्याएर विजयी हुँदा ८ जनाको मत १० भन्दा न्यून छ । रुपन्देही २ मा ११ जनाको मत १० भन्दा कम रहेको छ भने ५ जनाले एक भोट पनि ल्याउन सकेनन् । सो क्षेत्रमा रुपन्देहीका सुनिल लम्सालले ५४ हजार ८४५ मत ल्याएर विजयी भएका छन् ।
रुपन्देही ३ मा पनि रास्वपाका डा. लेखराजजंग थापा ५८ हजार ८१४ मतले विजयी हुँदा ८ जना उम्मेदवारको मत १० भन्दा कम छ । त्यस्तै रुपन्देही ४ मा रास्वपाका कन्हैया बानियाँ २८ हजार ६६ मतसहित विजयी हुँदा ६ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् ।
कपिलवस्तु १ मा रास्वपाका मोहनलाल आचार्यले ३४ हजार १४८ मत ल्याएर विजयी हुँदा उक्त क्षेत्रमा ५ जनाले १० भन्दा कम मत ल्याएका छन् । त्यस्तै कपिलवस्तु २ मा ५ जना उम्मेदवारको मत १० भन्दा कम छ । उक्त क्षेत्रमा रास्वपाका विक्रम थापा २७ हजार ६३५ मतसहित विजयी भएका छन् ।
कपिलवस्तु ३ मा १० जना उम्मेदवारको मत १० भन्दा कम रहेको छ भने उक्त क्षेत्रमा रास्वपाका अभिषेक प्रताप शाहले सबैभन्दा धेरै २३ हजार ५३५ मत ल्याएर विजयी भएका छन् ।
दाङ क्षेत्र नम्बर २ मा रास्वपाका विपिन कुमार आचार्यले सबैभन्दा धेरै ४३ हजार ५६९ मत ल्याएर विजयी हुँदा ७ जनाको मत १० भन्दा तल नै रहेको छ । दाङ ३ मा ५ जनाको मत १० भन्दा तल देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन् ।
बाँके ३ मा रास्वपाका खगेन्द्र सुनारले सबैभन्दा धेरै २९ हजार ५५९ मत ल्याएर निर्वाचित हुँदा २ जनाको मत १० भन्दा कम छ । नवलपरासी १ मा रास्वपाका विक्रम खनालले ४५ हजार २४१ मत ल्याएर विजयी हुँदा २ जनाले १० भन्दा कम भोट ल्याएका छन् ।
नवलपरासी २ मा पनि रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मतसहित निर्वाचित हुँदा ४ जनाले १० भन्दा कम मत ल्याएका छन् ।
गण्डकी प्रदेश
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले सबैभन्दा धेरै २ हजार ४१५ मत ल्याएर विजयी हुँदा मंगोल नेशनल अग्रनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरे । कास्की २ रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर निर्वाचित हुँदा ३ जनाले मत १० भन्दा कम ल्याएका छन् । स्याङ्जा २ मा रास्वपका झवि लाल डुम्रेले सर्वाधिक मत ल्याएर विजयी हुँदा रास्वपाका सागर थापाले १० भन्दा कम मत ल्याएका छन् ।
मुस्ताङ १ मा २ जनाको मत १० भन्दा कम देखिन्छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् । म्याग्दी १ मा स्वतन्त्रका महाविर पुनले सबैभन्दा धेरै २२ हजार ८८० मत ल्याएर विजयी हुँदा भीमबहादुर लामाले ५ भोट ल्याएका छन् ।
पर्वत १ मा ६ जना उम्मेदवारको मत १० भन्दा कम छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका सागर भुुसालले सबैभन्दा धेरै २६ हजार ५६१ मत ल्याएर निर्वाचित भएका छन् ।
कोशी प्रदेश
झापा २ मा ३ जना उम्मेदवारको मत १० भन्दा कम देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका इन्दिरा राणा मगरले सबैभन्दा धेरै ६० हजार ११० मत ल्याएर विजयी भएकी छन् । मोरङ ५ मा २ जनाको मत १० भन्दा कम रहेको छ ।
त्यस्तै, सुनसरी १ मा एक जना र २ नम्बर क्षेत्रमा ३ जनाको मत १० भन्दा कम रहेको छ । सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई र २ नम्बर क्षेत्रमा रास्वपाका लालविक्रम थापा विजयी भएका छन् ।
सुनसरी ३ तीनज जना र ४ नम्बरमा २ जनाले १० भन्दा कम मत ल्याएका छन् । सुनसरी ३ मा रास्वपका अशोककुमारी चौधरी ४७ हजार ४२१ र ४ नम्बरमा रास्वपाका दिपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भएका छन् ।
सोलुखुम्बु १ मा नेपाली कांग्रेसका प्रकाशकुमार कार्कीले १३ हजार १६६ म त ल्याएर विजयी हुँदा स्वतन्त्रका श्रीध्वज तामाङले ९ भोट ल्याए ।
कर्णाली प्रदेश
डोल्पा १ मा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढाले सबैभन्दा धेर ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका जुनु भण्डारीले २ मत मात्रै पाईन् । कालिकोट १ मा नोपली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले सबैभन्दा धेरै ११ हजार ७३४ मत पाउँदा स्वतन्त्रका मान बहादुर तिरुवाले ७ भोट पाए ।
त्यस्तै जाजरकोट १ मा नेपाली कांग्रेसका खडकबहादुर बुढाले २० हजार १४२ मत ल्याएर निर्वाचित हुँदा कमान बुढा मगरले ९ मत प्राप्त गरे ।
सुर्खेत २ मा रास्वपाका रमेशकुमार सापकोटाले सबैभन्दा धेरै ३० हजार ८२६ मत ल्याएर विजयी हुँदा २ जनाले १० भन्दा कम मत प्राप्त गरेका छन् ।
सुदुरपश्चिम प्रदेश
कैलाली २ मा रास्वपाका केपी खनालले १९ हजार ५७ मत पाउँदा मितेरी पार्टी नेपालका सम्झना विष्टले २ मत पाइन् । कैलाली ५ मा रास्वपाकै आनन्दबहादुर चन्दले ३१ हजार ९५३ मत पाउँदा मितेरी पार्टी नेपालबाट राधिका कुमारी कार्कीले ३ मत पाइन् । कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदा मितेरी पार्टी नेपालका किरण थापाले ६ मत प्राप्त गरे ।