संसदीय राजनीतिमा देउवाको दुःखद बहिर्गमन

काठमाडौं । डडेल्धुराबाट अन्तिम पटक चुनाव लडेर नेपाली कांग्रेसको संसदीय दलको नेता र अन्तिम पटक नै प्रधानमन्त्री हुन चाहन्थे शेरबहादुर देउवा । त्यही चाहनाअनुसार उनको गृहजिल्ला डडेल्धुराबाट एकल नाम सिफारिससमेत भएको थियो ।

तर, देउवाको यो सबै सपना र योजनामा ब्रेक लागेको छ । पाँच पटक देशको प्रधानमन्त्री बनेका उनको राजनीतिक जीवनको दुःखद अवसान भएको छ ।  

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डडेल्धुराबाट पटक–पटक जित्दै आएका देउवालाई टिकट नदिएपछि उनको संसदीय राजनीतिमा ब्रेक लागेको हो । 

नेपाली कांग्रेस देउवा पक्षका एक नेताका अनुसार देउवा अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्न चाहन्थे । तर, उनको त्यो सपना र योजनामा गगनकुमार थापाले विराम लगाएका हुन् । उनी फेरि उम्मेदवार बनेर संसदीय राजनीतिमा फर्किने र संसदीय दलको नेता बनेर फेरि प्रधानमन्त्री बन्न सक्ने रणनीतिलाई मूल्यांकन गर्दै थापाले उनलाई टिकट नै नदिएको बुझिएको हो । 

यद्यपि देउवाको सचिवालयले उनलाई टिकट नदिँदा अघि नै उनी उम्मेदवार नबने घोषणा गर्यो । स्रोतका अनुसार त्यो घोषणाअघिको घटनाक्रमलाई केलाउनुपर्छ । समानुपातिक उम्मेदवारको सूचीमा देउवा आफैले हस्ताक्षर गरेर बुझाएका थिए । समानुपातिकमा देउवा पक्षकै बहुमत छ । प्रत्यक्षतर्फ पनि देउवा पक्षले उल्लेख्य उम्मेदवारको दाबी गरेको बुझिएको छ । देउवाले आफू र शेखर पक्षसहित ८० जना उम्मेदवारको सूची थापालाई पठाएपछि गगन–विश्व सशंकित बनेका थिए । 

‘सभापति गगन कुमार थापाको उहाँलाई टिकट नदिने योजना थियो, टिकट नै नपाइने भएपछि अगाडि नै घोषणा गर्दा राम्रो सन्देश जाने हिसाबले उम्मेदवार नबने घोषणा भएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘सभापति थापाले उहाँलाई संसदीय दलको नेता नबन्ने र प्रधानमन्त्रीको उम्मेदवार नबने भनेर घोषणा गरेपछि मात्रै टिकट दिने सन्देश पठाएको थियो, उहाँले चुनाव नै नलड्ने घोषणा गर्नुभयो ।’

योसँगै २०४८ सालदेखि निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका देउवाको राजनीतिक यात्रामा यसपटक अनपेक्षित बिराम लागेको छ । सो क्षेत्रबाट कांग्रेसले नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई टिकट दिएको छ ।

उनको यो सबै सपना र योजनामा ब्रेक लागेको छ । पाँच पटक देशको प्रधानमन्त्री बनेका उनको राजनीतिक जीवनको दुःखद अवसान भएको छ ।   

संसदीय राजनीतिमा दुःखद अवसान

नेपाली राजनीति र संसदीय राजनीतिका एक प्रमुख र चलाख खेलाडी थिए देउवा । नेपालको निर्वाचनको इतिहासमा हालसम्म सम्पन्न भएका सबै आम निर्वाचन जितेर सिंहदरबारको यात्रा गर्ने देउवा एक मात्रै नेता हुन् । यस अर्थमा धेरै निर्वाचन विश्लेषकहरूले उनलाई नेपालको निर्वाचनका सबैभन्दा सफल नेता पनि मान्दछन् ।

२०४६ सालमा संयुक्त जन आन्दोलनले उभार लिइरहँदा देउवा बेलायतमा विद्यार्थी जीवन बिताउँदै थिए । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका सभापतिसमेत बनिसकेका देउवा निर्वाचनको मुखैमा नेपाल आएका थिए। 

तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको हातबाट डडेल्धुराको प्रतिनिधि सभा सदस्यको टिकट लिएर निर्वाचनमा आफ्नो राजनीतिक भाग्य अजमाउन डडेल्धुरा पुगेका देउवाको नेतृत्व क्षमता उक्त निर्वाचनमा प्रष्ट देखियो । 

उक्त निर्वाचनमा देउवाले नेकपा एमालेका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै सिंहदरबार यात्रा तय गरेका थिए । बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आम निर्वाचन २०४८ सालमा देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले २४ हजार ५७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६ हजार ६२८ मत मात्र पाएका थिए । यही निर्वाचनले देउवालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको हो ।

null

२०५१ सालको मध्यावधि निर्वाचनमा देउवाले २० हजार ७०१ मत प्राप्त गरी एमाले उम्मेदवार खेमराज भट्ट मायालुलाई पराजित गरे । उनका प्रतिद्वन्द्वी मायालुले ९ हजार ९६६ मत पाएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउन सकेको थिएन । पार्टीका अधिकांस शीर्ष नेताहरूले निर्वाचनमा पराजय भोग्दा देउवाको मतान्तर पनि घटेको थियो ।

त्यसपछि २०५६ सालको आम निर्वाचनमा देउवाले अझै ठूलो अन्तर कायम गरे । उनले २८ हजार ६५१ मत प्राप्त गर्दा एमालेका बागेश्वरी दत्त चटौत ७ हजार ८४० मतमा सीमित भए । उक्त निर्वाचनमा नेकपा एमाले विभाजित भएर एमाले र माले बनेको थियो । 

पहिलो संविधानसभा निर्वाचन २०६४ साल देउवाका लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो । उक्त निर्वाचनमा माओवादी केन्द्रका खगराज भट्टसँगको कडा प्रतिस्पर्धामा देउवाले २० हजार ५२९ मत प्राप्त गरी केवल करिब १ हजार ३ सय मतको अन्तरले जित निकाले । देशैभरि कांग्रेसका उम्मेदवारले राम्रो परिणाम दिन नसकेको समयमा देउवाले उक्त निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल भएका थिए । उक्त निर्वाचनमा देउवाका प्रतिद्वन्द्वी भट्टले १९ हजार १६१ मत पाएका थिए ।

उनी पाली कांग्रेसबाट नै टिकट नपाउने अवस्थामा पुगे । नेपाली कांग्रेसको यो निर्णयले देउवाको संसदीय यात्रामा बिराम मात्रै लगाएको छैन, उनको राजनीतिक यात्रामा पनि ब्रेक लागेको छ । सम्भवतः अब शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिन सक्ने अनुमान धेरैको छ । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले २३ हजार ९२० मत प्राप्त गर्दै माओवादी उम्मेदवार खगराज भट्टलाई स्पष्ट अन्तरले पराजित गरे । प्रतिद्वन्द्वी भट्टले १२ हजार ४९३ मत प्राप्त गरेका थिए । त्यस्तै, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा देउवाले २८ हजार ४४६ मत ल्याएर माओवादी केन्द्रका उमेदवार खगराज भट्टलाई फेरि पराजित गरे । उक्त निर्वाचनमा भट्टले २१ हजार ४९८ मत पाएका थिए । सो निर्वाचनमा नेपालका दुई ठूला बामदल नेकपा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गरेर निर्वाचनमा भाग लिएका थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा देउवाले स्वतन्त्र उम्मेदवार सागर ढकालको कडा चुनौती सामना गरे । अत्यन्तै कडा प्रतिस्पर्धा हुन सक्ने आँकलनका बीच देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दा ढकालले १३ हजार ४२ मत पाए । यससँगै देउवा डडेल्धुराबाट सातौं पटक संसदमा निर्वाचित हुन सफल भए ।

२०४८ सालदेखि २०७९ सालसम्म देउवाले प्रत्यक्ष निर्वाचनमा कुनै हार बेहोर्नु परेको छैन । एमाले, माओवादी केन्द्रदेखि स्वतन्त्र उम्मेदवारसम्मका प्रतिस्पर्धीलाई पराजित गर्दै उनले डडेल्धुरामा आफ्नो बलियो जनाधार कायम राख्दै आएका छन् । देउवाको यस निर्वाचन यात्रालाई केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली कांग्रेसको परम्परागत मतधार र संगठनात्मक प्रभावको पनि प्रतिबिम्ब मानिन्छ । 

तर, अन्ततः नेपाली कांग्रेसबाट नै टिकट नपाउने अवस्थामा पुगे । नेपाली कांग्रेसको यो निर्णयले देउवाको संसदीय यात्रामा बिराममात्रै लगाएको छैन, उनको राजनीतिक यात्रामा पनि ब्रेक लागेको छ । सम्भवतः अब शेरबहादुर देउवाले राजनीतिबाट विश्राम लिन सक्ने अनुमान धेरैको छ । 

Share News