सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुन तोलामा २ लाख ८२ हजार

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सोमबार उक्त रेकर्ड तोडिएको हो ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

यसअघि चाँदीको मूल्यले गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।  

Share News