काठमाडौं । नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबारदेखि तीन दिन लामो ‘टेस्ट ड्राइभ र एक्सचेञ्ज क्याम्प’ आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २७ देखि २९ सम्म चल्नेछ ।
कम्पनीका अनुसार क्याम्पमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतारका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको नजिकबाट अनुभव लिन सक्नेछन् । यी ब्रान्डहरू अहिले नेपालमा तीव्र रूपमा लोकप्रिय बन्दै गएका प्रमुख इभि ब्रान्डका रूपमा स्थापित भइरहेका छन् ।
नयाँ सोरुममा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूले नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तनसम्बन्धी जानकारी पाउनेछन् । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रोबोटसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसरसमेत रहनेछ, जसले आगन्तुकलाई भविष्यको प्रविधि मननीय बनाउन मद्दत गर्ने एमएडब्लुले जनाएको छ ।
हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा बटुलेका दिपाल एस०५ र नामी भिगो मोडेलको पनि सोही क्याम्पमा टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिक फिचर र दिगो गतिशीलताको संयोजनका कारण यी मोडेलहरू छोटो समयमै ग्राहकबीच लोकप्रिय बनेका छन् ।
कार्यक्रममा कम्पनीले विशेष प्रमोशनल अफरहरूसमेत ल्याएको छ । पुराना गाडी साट्न चाहनेका लागि आकर्षक एक्सचेञ्ज बोनस, नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी तथा टेस्ट ड्राइभमा सहभागी हुने आगन्तुकका लागि उपहार राखिएको छ ।
इलेक्ट्रिक सवारीतर्फ रूपान्तरण गर्न इच्छुक वा केवल भविष्यको यातायात प्रविधि अनुभव गर्न चाहनेका लागि नेपालगञ्जस्थित नयाँ दिपाल र नामी सोरुममा हुने तीनदिने क्याम्प उपयुक्त अवसर भएको कम्पनीले जनाएको छ ।