आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग

<p>काठमाडौं । ललितपुरको भट्टेडाँडामा आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहतस्वरुप ५० हजार सहयोग गरेको छ । शनिबार ललितपुर–१ प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नवराज सन्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत [&hellip;]</p>

काठमाडौं । ललितपुरको भट्टेडाँडामा आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहतस्वरुप ५० हजार सहयोग गरेको छ ।
शनिबार ललितपुर–१ प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नवराज सन्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत ज्योति विकास बैंकले सहयोग गरेको रु ५० हजार समेत गरी रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।

ज्योति विकास बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाँउस्थित शाखा कार्यलयमा खाता खोल्ने व्यवस्था गरेको हो । देश भरि ८५ वटा शाखाकार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

हालसम्म बैंकले १ लाख ८२ हजारभन्दा बढि खाताबाट रु. २४.१२ अर्बभन्दा बढि निक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत रु. २१.३६अर्वभन्दा बढि लगानी गर्न सफलभएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

Share News