गर्भनर नेपाल र इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलबीच भेटवार्ता

<p>काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गरायो । इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउने इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको छ । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेषगरी [&hellip;]</p>

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गरायो ।

इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउने इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको छ । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेषगरी पाठकहरुसम्म छिटोछरितो सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेका अनलाइन मिडियाहरुको आवश्यक र महत्व बढेकोले यस्ता मिडियामैत्री सरकारी नीति बन्नुपर्नेमा जोड दिएको छ ।

पाठकहरु अनलाइन मिडियातर्फ केन्द्रीत हुँदै गएकोले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सूचना एवं सन्देशहरु अनलाइन मिडियाहरुमा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनले माग गरेको छ । वित्तीय साक्षरता वृद्धि गर्न, वित्तीय बजार विस्तारमा सघाउन इकोनोमिक मिडियाको ठूलो भूमिका रहेकाले यस्ता कार्यक्रम संचालन गर्दा बैंक तथा वित्तीय संस्था र इकोनोमिक मिडियाबीच सहकार्य हुनुपर्नेमा इम्सनले जोड दिएको छ ।

साथै, अनलाइन मिडिया डोमेन दर्ता तथा नविकरण गर्दा, होस्टिङ गर्दा लाग्ने विदेशी मुद्रा उपयोगमा भइरहेको असुविधाप्रति ध्यानाकर्षण गराएको छ ।

भेटघाटको क्रममा गर्भनर नेपालले इकोनोमिक मिडियाहरुको आवश्यक र महत्व आफूले बुझेको बताउँदै यस्ता मिडियाहरुको समस्या समाधानका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए । उनले मिडियाहरुमा आधार र प्रमाणविना सत्यहिन समाचार प्रकाशित गर्ने प्रवृत्ति रहेको सुनाउँदै यसमा सुधार गरी स्वस्थ र व्यवसायिक ढंगले अघि बढ्न जरुरी रहेको बताए ।

Share News