मकवानपुरमा निर्माण गरिएको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

<p>काठमाडौं । विगत ६ महीनादेखि मकवानपुरको वायु सौर्य मिश्रित आयोजना  ठप्प भएको छ । रु एक करोड ११ लाखको लागतमा बागमती गाउँपालिकाकाे–५ भोर्लेनीमा स्थापित आयोजना ६ महिना देखि बन्द भएकाे हाे । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो । वि सं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको [&hellip;]</p>

काठमाडौं । विगत ६ महीनादेखि मकवानपुरको वायु सौर्य मिश्रित आयोजना  ठप्प भएको छ । रु एक करोड ११ लाखको लागतमा बागमती गाउँपालिकाकाे–५ भोर्लेनीमा स्थापित आयोजना ६ महिना देखि बन्द भएकाे हाे । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

वि सं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानले आयोजना सञ्चालन भएदेखि नै समस्या रहेकाे बताए। आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राविधिक रूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ ।

एक सय ३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हुँदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ । रासस

Share News