काठमाडौंमा रहेका सबै विद्यालयको नाम नेपालीमा हुनु पर्ने, निर्णय पालना नगरे कारवाही

<p>काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं भित्र रहेका सबै संस्थागत विधालयले आफ्नो नाम नेपालीमा लेख्नुपर्ने निर्णय गरेको छ। महानगरपालिकाले आईतबार यस्तो निर्णय गरेको हो। विधालयले नेपाली भाषामा नाम लेखेको साइनबोर्ड र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र पनि नेपाली भाषामै राख्नुपर्ने छ। निर्णय नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने महानगरपालिकाले जनाएको छ। संविधानको धारा ७ को उप दफा (१) [&hellip;]</p>

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं भित्र रहेका सबै संस्थागत विधालयले आफ्नो नाम नेपालीमा लेख्नुपर्ने निर्णय गरेको छ। महानगरपालिकाले आईतबार यस्तो निर्णय गरेको हो। विधालयले नेपाली भाषामा नाम लेखेको साइनबोर्ड र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र पनि नेपाली भाषामै राख्नुपर्ने छ। निर्णय नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने महानगरपालिकाले जनाएको छ।

संविधानको धारा ७ को उप दफा (१) मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने भन्ने प्रावधान कार्यान्वयन गराउन यस्तो निर्णय गरिएको महानगरपालिका शिक्षा समितिका प्रमुख उपसचिव सिताराम कोइरालाले बताए ।

यसअघि सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन भने गरेका छैनन्।

 

Share News