काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ दिने तालिम सम्पन्न भएको छ । शाखा कार्यालय सर्लाहीको नयाँ रोडमा आबद्ध ६० जना महिला सदस्यहरुलाई लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो । फागुन १८ र १९ गते भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन शाखा प्रमुख महेश कोइरालाले गरेका हुन् ।
उक्त प्रशिक्षण महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि गर्न र आत्मनिर्भरतर्फ उन्मुख गराउन सहयोग पग्ने शाखा प्रमुख कोइरालाले बताएका छन् । सो तालिममा सहभागीहरुले कम लागतमा सर्फ उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी प्राप्त गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने बताए ।
राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका हाल २८ वटा जिल्लामा ४५ शाखा कार्यालयहरु मार्फत करीब ४० हजार सदस्य रहेका छन् भने करीब रु १ अर्ब ५२ करोड कर्जा लगानी र ३५ करोड भन्दा बढी निक्षेप संकलन रकम रहेको छ ।