काठमाडौं । काभ्रेपलाञ्चोकको एक क्याम्पसमा प्राइम बैंकले बेन्च डेक्स सहयोग गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाँउपालिका मंगलटार स्थित मंगल जनविजय क्याम्पसका विद्यार्थीहरुलाई अध्ययनमा सुविधा लिने उद्देश्यले ६० वटा बेन्च डेक्स बनार्ई प्रदान गरेको हो ।
एक समारोहबीच सो सामान नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन् । साथै सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बैंकिङ्ग चेतना मूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका थिए।