मुक्तिनाथ विकास बैंकको एकैदिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूलआशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रमविगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा फाल्गुण १७ गतेका दिन,व्यास–०१, भादगाउँ, तनहँु स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्की स्थित श्री ज्ञान ज्योतिविद्याकुञ्जमा.वि.,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूलआशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रमविगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा फाल्गुण १७ गतेका दिन,व्यास–०१, भादगाउँ, तनहँु स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्की स्थित श्री ज्ञान ज्योतिविद्याकुञ्जमा.वि.,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमा.वि.,मोदी– ०६,तिलाहार,पर्वत स्थित नवजागृत उच्चमा.वि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थालि.गरी जम्मा ५ स्थानमावित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो ।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् । बैंकले हालसम्म २४१ वटावित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजारले वित्तिय साक्षरता प्रदान गरेका छन् ।

Share News