
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक वीरगञ्ज शाखाद्वारा गढीमाई मन्दिरलाई सहयोग गरेको छ । महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की प्रदान गरिएका हुन् ।
बैकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद शाह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरिएका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।