काठमाडौं । नेकपाका भातृ संगठन अनेरास्ववियुले साे वक्तव्य जारी गरेकाे छ । संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री तथा नेकपाका एवं विद्यार्थी फाटका प्रमुख रविन्द्र अधिकारको मृत्युले देह देश नै शोकमा रहेका अवस्थामा शाेक वक्तव्य जारी गरेकाे हाे ।
पोखरामा २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरीमा जन्मिएका अधिकारीको बुधबार ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा परि मुत्यु भएको थियो ।
उनको निधनबाट अनेरास्ववियुले कुशल अभिभावक, विकासप्रेमि भरोसा योग्य युवा नेता गुमाएकाे उच्च मूल्याङ्कन गर्दै दिवंगत क. रविन्द्र अधिकारीप्रति अनेरास्ववियुकाे अध्यक्ष नविना लामाले लिखित शाेक वक्तव्य जारी गरे ।
