काठमाडौं । देशको पूर्वाधार विकासमा उत्कृट काम गर्ने निर्माण व्यवसायीलाई अवार्ड प्रदान गरिने भएको छ ।
हिमालयन टेलिभिजन नेटवर्कले पूर्वाधार सम्बन्धी काम गर्ने ७ विधाका व्यवसायीलाई अवार्ड प्रदान गर्ने भएको हो ।
सन २०१८ मा निर्माण भएका उदाहरणीय प्रयोजना निर्माण गर्ने सात कम्पनीको छनोट फ्याक्टले गर्नेछ । यसरी छनोट भएका कम्पनीहरुलाई निर्माण क्षेत्रका प्रतिष्ठित निर्णायकमण्डलले अवार्ड प्रदान गर्नेछ ।
अवार्डको विधाहरुमा वेस्ट नेश्नल प्राइड प्रोजेट, बेस्ट पब्लिक प्रापोज प्रोजेट, बेस्ट प्राभेट प्रापोज प्रोजेट, बेस्ट हाउजिङ्ग एण्ड रेसिडेन्टल प्रोजेट, पपुलार प्रोजेक्ट अफ द इयर, बेस्ट स्मल प्रोजेक्ट र लाइफ टाइम अचिभमेन्ट अवार्ड रहेका छन् । अवार्ड बैशाखको दोस्रो सातामा वितरण गर्ने आयोजकले बताएको छ ।