फागुन १८ गतेदेखि नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन

<p>काठमाडौं । फागुन १८ गतेदेखि नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रिय विशेष महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना हुने भएको छ । दुई दिनसम्म हुने सो महाधिवेशनमा नेरेसा केन्द्रिय कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरु, ७ वटा प्रदेशका ७४ वटा जिल्ला शाखाबाट ३ ३ जना प्रतिनिधि गरि करिब २८० जनाको उपस्थिति रहनेछ । ५५ वर्षको इतिहासमा ४७ वटा नियमित महाधिवेशन [&hellip;]</p>

काठमाडौं । फागुन १८ गतेदेखि नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रिय विशेष महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना हुने भएको छ । दुई दिनसम्म हुने सो महाधिवेशनमा नेरेसा केन्द्रिय कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरु, ७ वटा प्रदेशका ७४ वटा जिल्ला शाखाबाट ३ ३ जना प्रतिनिधि गरि करिब २८० जनाको उपस्थिति रहनेछ ।
५५ वर्षको इतिहासमा ४७ वटा नियमित महाधिवेशन सम्पन्न गरिसकेको नेपाल रेडक्रसले पहिलो पटक विशेष महाधिवेशन राख्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हाल सिडीयो कार्यालयले ४ वर्षमा हुने कार्यकाल २ वर्षमा नै हुनुपर्ने भन्ने कुरामा असहमति रहेको साथै वैदेशिक सम्बन्ध र संस्था विस्तारमा सरकारसँग स्विकृति लिनुपर्ने विषय प्रति असन्तुष्टि रहेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताएका छन् ।

वार्षिक २५ लाख मानिस समक्ष सेवा प्रदान गर्दै आएको नेपाल रेडक्रस सोसाइटी आगामी दिनमा ७७ वटै जिल्लाबाट ग्रामिण बस्तीका विपन्न परिवार, विद्यालयलाई सहयोग गर्दै जोखिम न्यूनीकरण सम्बन्धी कार्याक्रम विस्तार गर्ने जानकारी दिएका छन् । संस्थाको वैधानिक विषयमा तत्काल परेका अफ्टेरोहरुलाई पार गर्दै दीर्घकालिन रुपमा समस्या समाधान गर्न सो महाधिवेशन गर्न लागेको अध्यक्ष थापाले बताए ।

Share News