
काठमाडौं । नागरिक लगानी कोषको आधिकारीक ट्रेड युनियनको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । उक्त कार्यसमितिको अध्यक्षमा सुरेश चालिसे निर्वाचित भएका हुन् ।
त्यस्तै, उपाध्यक्ष प्रदिप अधिकारी, सचिव नेत्र बिक्रम थापा, सहसचिव अवधेश मण्डल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा अर्चना घिमिरे, जयकिशोर यादव, मौसमी राई, दुर्गानन्द यादव, श्यामलाल श्रेष्ठ र रवि खनाल रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई कोषका कार्यकारी निर्देशक रमण नेपालले बधाई ज्ञापन गरे । कार्यक्रममा अध्यक्ष चालिसेले नव गठित कर्मचारी युनियनसँग कोषको समग्र हितका लागी मिलेर काम गर्ने उनले बताए ।
कोषमा आवद्ध नागरिक लगानी कोष कर्मचारी यूनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघ बीच आधिकारीक ट्रेड युयिन गठनको लािग निर्वाचन हुने प्रक्रिया अन्तर्गत सहमती भएपछि कर्मचारी युनियनले नेतृत्व लिएको हो ।
कोषमा आबद्ध प्रतिष्ठान स्तरका ट्रेडयुनियनहरु १० फागुनमा निर्वाचन गर्ने गरी कार्यक्रम सार्वजनिक गरिएकोमा २ फागुनमा निर्धारित समयभित्रै कर्मचारी युनियन र कर्मचारी संघ बीच सहमति भई नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषले नाम फिर्ता लिई नागरिक लगानी कोष कर्मचारी युनियनलाई सहमति प्रदान गरेको थियो ।
सोही अनुसार नागरिक लगानीकोष कर्मचारी यूनियन एकमात्र प्रतिष्ठानस्तरको ट्रेड युनियनको उम्मेदवार कायम रहेकोले आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका, २०५२ को दफा १४ (०२) बमोजिम नागरिक लगानी कोष कर्मचारी यूनियन निर्विरोध रुपमा निर्वाचित भएको श्रम तथा रोजगार कार्यालय वागमतीले जनाएको छ ।