काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय र उद्योग ग्राम स्थापना गर्ने सरकारको योजना कार्यान्वयनमा लैजाने बताएका छन् । उनले राजनीति पैसा कमाउने थलो नभएको बताउँदै केही जनप्रतिनिधि ठेकेदारको रुपमा प्रस्तुत भएको गुनासो आएको बताए ।
नुवाकोटमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने-पैसा कमाउने भए ब्यापार गर्नुस् राजनीति हैन। राजनीति नितान्त सेवा गर्नका लागि भएको उनको भनाई थियो ।
मुख्यमन्त्री पौडेलले तीनै तहको सरकारको समन्वय भए मात्र गन्तव्यको यात्रा तय गर्न सकिने बताए । सडक संजाललाई गाउँपालिका केन्द्रसंग जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिनु पर्ने उल्लेख गरे । पौडेलले अब पनि निर्वाहमुखी र कामचलाउ योजनालाई प्राथमिकता नदिएर जनताले परिबर्तनको अनुभूति गर्ने गरी काम गर्नु पर्ने धारण राखे । उनले नुवाकोटमा भएका सम्भावनाहरुको खोजी गरेर ती स्रोतहरुको परिचालन गर्नु पर्ने धारणा राखे ।