काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महा अभियानको अभियानकर्मी नियुक्त भएका छन् ।
वन तथा वातावरण मन्त्रालयको बैंकसँगै मन्त्रिस्तरीय निर्णयले उनीहरुलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।
देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीलाई मन्त्रालयले एक वर्षका लागि नियुक्ति दिएको हो ।
केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेका थिए ।
उनीहरुले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस