ओम बैंकद्धारा बित्तीय साक्षरता साथै डस्टबिन वितरण

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका थिए । बैंकले कास्कीेको माछापुच्छ्रे गाउँपालिका घाचोक र पोखरा महानगरपालिका २१ निर्मलपोखरीका [&hellip;]</p>

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका थिए ।

बैंकले कास्कीेको माछापुच्छ्रे गाउँपालिका घाचोक र पोखरा महानगरपालिका २१ निर्मलपोखरीका स्थानीयहरुलाई बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी दिएका थिए । साथै बैंकले चितवन रत्ननगर १६ भद्रकाली मा.वि.का विधार्थी, सोही वडाका आमा समुह, टोल विकास समितिका सदस्यहरुका बीच वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो ।

त्यसैगरी बैकले लमजुङको दोर्दी तान्जेमा अवस्थित वाल विकास प्राथमिक विधालयलाई फिल्टर र विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको थियो । बैंकले यस अघि पनि चितवन भरतपुरको नयाँ किरण मा.वि., पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

Share News