प्रधानमन्त्रीले मनाए ६८ औँ जन्मोत्सव, रोपे आँपका विरुवा

<p>काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपिन् । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र [&hellip;]</p>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपिन् । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिए ।

प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।

Share News