
काठमाडौं । एनसेल नेपाल प्रा.लि.को केन्द्रीय कार्यालयमा बम विस्फोट भएको छ । ललितपुरको नख्खुमा रहेको मुख्यालयमा बम विस्फोट हुँदा कम्तिमा दुई जना घाइते भएका छन् ।
नेकपा माओवादी बिप्लव समूहले उक्त विष्फाेट गराएकाे अनुमान गरिएकाे छ । ७५ अर्ब रूपैयाँ भन्दा बढी कर सरकारलाई बुझाउनु पर्ने अदालतकाे फैसला कार्यान्वयनमा दवाव दिन उक्त विस्फाेट गराइएकाे हुन सक्ने बताइएकाे छ ।
काराेबार रकम र नाफाकाे आधारमा एनसेल नेपालकाे सबैभन्दा ठूलाे कम्पनी हाे । साथै याे कम्पनी सबैभन्दा ठूलाे कर विवादमा मुछिएकाे छ । विदेशी लगानीमा चलेकाे तर नियम अनुसार कर नतिरेकाे भन्दै यस कम्पनीमाथि नेपालमा ठूलाे दवाव परिरहेकाे छ ।
त्यस्तै, काठमाडौंको नक्सालस्थित आगन मिठाई पसलमा पनि प्रेसर कुकर बम भेटिएको महानगरिय परिसर काठमाडौंले जनाएको छ ।