काठमाडौं । डडेलधुरामा कृषि विकास बैंकद्धारा मौरीपालक किसानका लागि मौरीपालन उपकरण हस्तान्तरण गरेको छ ।
उक्त समाराेहकाे सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका रहेको छ ।
डडेलधुराको आलीताल गाँउपालिका अन्र्तगत कृषि विकास बैंक जोगबुढा शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति अनिलकुमार उपाध्यायको प्रमुख आतिथ्यमा आलिताल गाउंपालिकाका दलित तथा पिछाडीएका समुदाय समेतको जीवनस्तर उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
साथै १३ जना किसान (९ जना महिला र ४ जना पुरुष ) ग्राहकहरुलाई सहुलियत कर्जा समेत उपलव्ध गराईयो । उनले भने ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छन् ।
उक्त कार्यक्रममा कृषि विकास बैंकका उप–महा प्रबन्धक चुडामणी तिम्सिेना, सामान्य सेवाका विभागीय प्रमुख दिर्घबहादुर अर्याल, धनगढी क्षेत्रिय कार्यालयका निर्देशक हरिश्चन्द्र यादव लगायत अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो ।