काठमाडौं । लुम्विनी विकास बैंकले इनेवल नेपाललाई १ लाख सहयोग गरेको छ । काठमाडौंको सिनामंगल स्थित इनेवल नेपालद्धारा सञ्चालित कूहिनाभन्दा तलको हातन भएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशुल्क वितरण गर्न १ लाख सहयोग गरेको हुन्र ।
बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सुवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाईरु १ लाख चेक मार्फत हस्तारन्तरण गरेका थिए । यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जानकारी दिएका छन् ।
उक्त रकम हस्तान्तरण गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहराले लुम्बिनी विकास बैंकले मानवीय पूनित कार्यमा समर्पित यस किसिममा विभिन्न सामाजिक सं संस्थाहरुलाई सहयोग एवं सेवा पुर्याउने बताए ।