काठमाडौं । सिभिल बैंकले बाल विकास समाजलाई रु १ लाख सहयोग गरेका छन् । सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन् ।
उक्त चेक देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यको भनाई छ ।
सिभिल बैंकले पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहभागिता जनाएको छ ।