
काठमाडौं । मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि नेपालले आफ्ना कर्मचारीहरुलाई तालिम दिएको छ । भारतीय विज्ञ डा श्रीकान्त त्यागीले कम्पनीका कर्मचारीहरुलाई कुनै पनि काममा सफल हुनका लागि चाहिने सुत्रहरु सुनाएका थिए ।
जोकोहीसँंग भेटघाटमा जाँंदाका सुरुका केही सेकेण्ड समय महत्वपूर्ण हुने चर्चा गर्दै उनले त्यसका लागि पाँंच ज्ञानेन्द्रहरुकोबारेमा विशेष ध्यान दिनुपर्ने बताए । ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिभावदन गर्नु पहिलो आवश्यकता रहेको अनुभब उनले सुनाए । उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका १० बीस सेकेण्ड समयलाई विशेष रुपमा उपयोग गर्नुपर्ने खाँंचो औल्याए ।
कार्यक्रममा आयोजक इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवाँंले बोली, पोशाक, समय अनि कन्फिडेन्सलाई विशेष ध्यानदिनुपर्ने आवश्यकता औंल्याए । ठिक समयमा ठिक काम गर्ने मानिस सफल हुने चर्चा गर्दै उनले ठिक समयमा गई भेटघाटलाई व्यवस्थित पानुपर्ने महत्वबारे विशेष चर्चा गरेका छन् ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी इन्जिनियर कृष्णभक्त दुवालले तालिमको महत्वबारे चर्चा गर्दै कम्पनीका कर्मचारी नै कम्पनीको पहिचान रहेको बताए । त्यसकारण कम्पनीको कर्मचारीको व्यक्तित्व विकासका लागि समयसमयमा विशेषज्ञबाट कर्मचारीहरुलाई तालिम दिंदै आएको उनले जनाए ।