काठमाडौं । सिटिजन्स बैंकले दाङका तीन सामुदायिक विद्यालयमा कम्प्युटर सहयोग गरेको छ । योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ बैंकिङ्ग सेवा पुर्याउदै आएको सिटिजन्स बैंकले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको हो । बैंकको घोराही शाखा कार्यालयमा आयोजित कार्यक्रमबीच श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको श्री जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
उक्तक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

गाँउ गाँउमा बैंकिङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।