काठमाडौँ । त्रिपुरेश्वर स्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा बुधबार कर्मचारीहरु माथि भएको हातपात घटनाप्रति आधिकारिक ट्रेड युनियनका अध्यक्ष अजय बर्तौलाले ध्यानाकर्षण जनाएका छन् । दोषी माथि कारवाही हुनु पर्ने माग पनि गरेका छन् ।
बुधवार कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने नयाँ कम्पनी दर्ता गराउन भनी आएका २ जना कानून व्यवसायी टीकाध्वज खड्का र गुणराज आचार्यले कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भुवनहरि अर्याल र उपरजिस्ट्रार हरिनारायण बेलबासे लगायतका कर्मचारी माथि अपशब्द प्रयोग गर्नुका साथै हातपात गरेको थिए ।
सो घटनाबाट कार्यालयका कर्मचारीको मनोबल अत्यन्त कमजोर रहेको र कर्मचारीको सुरक्षा प्रत्याभूति गराउने कार्यमा उद्योग मन्त्रालय मार्फत आवश्यक पहल गर्न ध्यानाकर्षण समेत जनाइएको छ ।
दोषीलाई कारवाही नभएसम्म कार्यालयको कामकाज बन्द गर्ने सूचना प्रकाशित गरिएको छ । विहीबार कार्यालयमा कर्मचारी उपस्थित भएर हाजिर गरेपनि काम भने गरेका छैनन् ।