काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदुत पेर्ती आन्तिनेनबीच सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने बताएका छन् ।
घण्टौं घण्टासम्म हिंडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको राजदूत आन्तिनेनले भने ।
ग्रामीण भेगमा खानेपानीको व्यवस्था मिलाउन फिनल्याण्ड सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूतको भनाई छ । भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताएका छन् ।
ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पुरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको जनाएको छ ।