काठमाडौं । पञ्चकन्याद्धारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमणआयोजना गरेको हाे । पञ्चकन्या गु्रपद्धारा माघ २१ गतेदेखि फागुन १ गतेसम्म आफ्ना आधिकारिक विक्रेताहरु र तिनका परिवारहरुलाई १० दिनको अष्ट्रेलियाको हौसला भ्रमणको आयोजना गरेको थियो ।
अष्ट्रेलियाको मेलबर्न, गोल्डकोइष्ट, ब्रिशवेन, सिड्नी जस्ता प्रमुख शहरहरुको भ्रमण गराइएको थियो । भ्रमणमा डिलर र तिनका परिवारहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो भने यात्रा अवधिभरको खानेबस्ने व्यवस्था, हवाई टिकट, स्थानीय यातायात तथा अन्य सम्पूर्ण खर्च पञ्चकन्या गु्रपले व्यहोरेको थियो । डिलरहरुलाई नजिकका छिमेकी राष्ट्र तथा एशियाका पर्यटकीय देशको भ्रमण गराउनु जति सजिलो छ अष्ट्रेलिया भ्रमणको चाँजोपाजो मिलाउन ठूलै परिश्रम र विभिन्न चुनौतिको सामना गर्नु परेको ग्रुपले जनाएको छ ।
साथै गु्रपले आफ्ना डिलरहरुको लागि यस्ता प्रकारका हौसला अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने गरेको छ ।