काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्य क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार वोमी लघुवित्त संस्थाले स्वीकृति प्राप्त गरेको छ । धुनिवेशी नगरपालिका स्थित उक्त शाखा कार्यालय धादिङ्ग, खानीखोलाका २६ जना सदस्यहरुलाई एक दिने व्यवसायिक फुलमाला र व्याच बनाउने तालिम प्रदान गरेको छ ।
उक्त तालिममा प्रशिक्षक अस्मीता आचार्यले विविध प्रयोगात्मक अभ्यासहरु सहित तालिम सम्पन्न गरेका छन् । तालिमबाट सदस्यहरुले फुलमाला र व्याच बनाउन सक्षम भएको आयोजक शाखाले जनाएको छ ।
खानीखोला, धादिङ्गका शाखा प्रमुख मदन भोम्जनले तालिमको पुर्ण सदुपयोगिता गरी आफ्नो आयस्तर बृद्धि गर्नु पर्ने विषयमा सदस्यलाई उत्प्रेरित गरेका छन्र भने एरीया प्रमुख बिमल कोइरालाले प्राप्त सिपलाई आफ्नो सानो लगानीबाट अभ्यासमा उतार्न सकेमा मात्र तालिम उपलब्धिमुलक हुने बारेमा सहभागिहरुलाई प्रष्ट पारे ।
देशका विभिन्न ३२ जिल्लामा ४१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट न्युन आय भएका कृषकहरुलाई समुहमा आवद्ध गराई बिना धितो तथा धितो कर्जा लगानी गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले शाखा कार्यालयहरु मार्फत समय र परिवेश सुहाउँदो विविध विषयमा व्यवसायिक तालिमहरु प्रदान गर्दै ग्रामिण क्षेत्रको आर्थिक सम्बृद्धिमा सघाउँदै आएको छ ।