नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन माघ २९ गते, तयारी पूरा

<p> काठमाडौँ । नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन तथा वार्षिक साधारण सभा माघ २९ गते हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी गराइएको हो । अधिवेशनको तयारी पूरा भएको सो अवसरमा बताइयो । संघका महासचिव मोहनराज ओझाका अनुसार यस संस्थामा व्यवस्थापक, प्रशासक, उद्योगी व्यवसायी एवम् विभिन्न क्षेत्रका पेशाविद्हरुको संलग्नता रहेको छ [&hellip;]</p>

 काठमाडौँ । नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन तथा वार्षिक साधारण सभा माघ २९ गते हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी गराइएको हो । अधिवेशनको तयारी पूरा भएको सो अवसरमा बताइयो ।

संघका महासचिव मोहनराज ओझाका अनुसार यस संस्थामा व्यवस्थापक, प्रशासक, उद्योगी व्यवसायी एवम् विभिन्न क्षेत्रका पेशाविद्हरुको संलग्नता रहेको छ ।

२०३७ सालमा स्थापना भएको संघले स्थापनाकाल देखि नै तालिम, अध्ययन/अनुसन्धान, पूर्वबजेट छलफल, पोष्ट बजेट छलफल, मौद्रिक नीतिम छलफल जस्ता कार्यक्रम गर्दै आएको छ । संघले प्रत्येक शुक्रबार विभिन्न विषयमा छलफल चलाउने गरेको पत्रकार सम्मेलनमा बताइयो ।

अधिवेशनको प्रथम चरणमा बिजनेश सेसन रहेको छ । बिजेनेश सेसनमा म्यानेजिङ इन्फ्रास्टक्चर डेभलपमेन्ट एण्ड इट्स फाइनान्सिङ विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुने पत्रकार सम्मेलनमा बताइयो ।

कार्यपत्र आधारभूत विशेषज्ञहरु कमलराज पाण्डे, सरोजकुमार प्रधान र ज्योतिप्रसाद लोहनीबाट प्रस्तुति एवम् छलफल हुनेछ । यस्तै वर्ष २०१८ को व्यवस्थापन विकास सिहंवलोकनबारे डा. चन्द्रप्रसाद रिजालले छलफल र प्रस्तुति गर्ने कार्यक्रम छ । यो सत्रको प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडा रहने पत्रकार सम्मेलनमा बताइयो ।

कार्यक्रमको दोश्रो सत्रमा अधिवेशन हुनेछ, होटल याक एण्ड यतिमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

Share News