काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कैलाली जिल्लाको “असहायका लागि सहयोगी हातहरु नेपाल” नामक संस्थाले सहयोग गरेको छ ।
उक्त संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकका क्षेत्रिय प्रबन्धक नारायणप्रसाद मुडभरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गाँउपालिकाकाअध्यक्ष बलिराम डगौरा थारुकाे उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्तान्तरण गरिएको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै जाने बैंकले जानकारी दिएको छ ।