शाइन रेसुङ्गाले गर्यो सहुलियतपूर्ण कर्जा सम्वन्धी अन्तरक्रिया

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भुमही शाखाले मिश्रौली कृषि सहकारी संस्थाको समन्वयमासेयर सदस्यहरुसँग सहुलियत पूर्ण कर्जा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम भएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भुमही शाखाका शाखा प्रवन्धक बोमकान्त न्यौपानेले बैकको तर्फवाट स्वागत मन्तव्य राख्दै सो कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । मिश्रौली कषि सहकारी संस्थाका अध्यक्ष दामोदर लामिछानेको अध्यक्षता भएको [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भुमही शाखाले मिश्रौली कृषि सहकारी संस्थाको समन्वयमासेयर सदस्यहरुसँग सहुलियत पूर्ण कर्जा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भुमही शाखाका शाखा प्रवन्धक बोमकान्त न्यौपानेले बैकको तर्फवाट स्वागत मन्तव्य राख्दै सो कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । मिश्रौली कषि सहकारी संस्थाका अध्यक्ष दामोदर लामिछानेको अध्यक्षता भएको उक्त कार्यक्रममा बैंकका नायव महा प्रवन्धक लोकराज पनेरुले बैकको परिचय, बैकले गरिरहेको सहुलियत पूर्ण कर्जा लगानी, बैकले गरेका सामजिक उत्तरदायित्व सम्वन्धि कार्यक्रम सम्वन्धमा जानकारी गराएका थिए ।

बैंकले सम्पूर्ण शाखा कार्यालयबाट सहुलियत पूर्ण कर्जा उपलव्ध गराइरहेको र नेपाल सरकारको सहुलियत कर्जा सम्वन्धी नितिको सफल कार्यान्वयन गर्नका लागी गुल्मीको बलेटक्सार, शान्तीपुर र खज्र्याङ्ग तथा रुपन्देहीको टिकुलिगढमा कृषकहरुसँग अन्तरक्रिया गर्नुका साथै गुल्मीको मुसिकोट नगरपालिकासँग कृषकहरुलाई कृषि कर्जा उपलव्ध गराउन सम्झौता पनि गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैक भुमही शाखाका शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारी र २०० जना भन्दा वढी कृषकहरुको उपस्थिती रहेको थियो ।

Share News