काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस मनाएको छ । व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडाैंको आरुवारी वि.सं.२०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा व्यक्त गरेका थिए ।
गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा वि., महाँकाल समेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ ।
बिद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको छ । कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका विद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने विद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका थिए ।