बालिले अब चाँडै बाहिरी पर्यटकलाई १० डलर कर लिने

<p>काठमाडौं। बालीले टापुको वातवरण र सांस्कृतिक सम्प्दालाई जोगाउन अब चाडै नै बाहिरी पर्यटकलाई १० डलर कर लिने भएको छ। आन्तरिक पर्यटकलाई भने १ डलर मात्र कर लिईनेछ। यस बिषयमा बाली प्रशासनले डिसेम्बर देखी छलफल गर्दै आईरहेको छ। बाली गवर्नर वेयन केस्टरले भने, &#8220;पर्यटकको राजस्व बालीको वातवरण र संस्कृतिको संरक्षणको कार्यक्रम कोषको लागि प्रयोग गरिने छ।&#8221; बालीको [&hellip;]</p>

काठमाडौं। बालीले टापुको वातवरण र सांस्कृतिक सम्प्दालाई जोगाउन अब चाडै नै बाहिरी पर्यटकलाई १० डलर कर लिने भएको छ। आन्तरिक पर्यटकलाई भने १ डलर मात्र कर लिईनेछ।

यस बिषयमा बाली प्रशासनले डिसेम्बर देखी छलफल गर्दै आईरहेको छ।

बाली गवर्नर वेयन केस्टरले भने, “पर्यटकको राजस्व बालीको वातवरण र संस्कृतिको संरक्षणको कार्यक्रम कोषको लागि प्रयोग गरिने छ।”

बालीको ब्यूरोको आधिकारिक तथ्याङ्कको अनुसार, जनवरीदेखि अक्टोबर 2018 सम्ममा ५,१६४,९२९ र गत वर्ष ५,१२४,८३९ पर्यटकहरूको बाली भ्रमण गरेका थिए। गत बर्षको तुलनामा यस बर्ष पर्यटकको संख्या २।८७ प्रतिशतले वृद्धि भएको हो।

बालीको समुन्द्री सतहमा अत्याधिक फोहोरहरु जम्मा हुने कारणले यो कदम लिन लागिएको हो।

प्रति दिन बाली बाट १०० टन फोहोरहरु संकलन हुने गर्दछ।Local residents observed to see piles of garbage on January 17, 2018 at Kedonganan beach, Bali, Indonesia.

जापानले हालै अन्तर्राष्ट्रिय पर्यटकहरूले देशको पर्यटकको पूर्वाधार विस्तार गर्न जापानबाट फर्कने समयमा १००० ईन ( अस्ट्रेलियन डलर १३) कर लिने घोषणा गरेको छ त्यस्तै न्यूजील्याण्डले भने संरक्षण र पूर्वाधार कोषको लागि यस बर्षको अन्त्य तिर अस्ट्रेलियन डलर ३३ कर लिने जनाएको छ।

Share News