पालुङ्गमा कृषि विकास बैंकको सहयोगमा यात्रु प्रतिक्षालय

<p>काठमाडौं । कृषि विकास बैंकले मकवानपुरका पालुङ्गमा यात्रु प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेको छ । थाहा नगरपालिकाको ओखरबजारमा कृषि विकास बैंंकको रु. १ लाख तथा स्थानियको सहयोगरजनश्रमदानबाट यात्रु प्रतिक्षालयको निर्माण भएको हो । नगर प्रमुख लवशेर विष्ट र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक बाबुकाजी थापाले संयुक्त रुपमा उक्त प्रतिक्षालयको उद्घाटन गरेका छन् । बैंकका क्षेत्रीय निर्देशक [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले मकवानपुरका पालुङ्गमा यात्रु प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेको छ । थाहा नगरपालिकाको ओखरबजारमा कृषि विकास बैंंकको रु. १ लाख तथा स्थानियको सहयोगरजनश्रमदानबाट यात्रु प्रतिक्षालयको निर्माण भएको हो ।

नगर प्रमुख लवशेर विष्ट र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक बाबुकाजी थापाले संयुक्त रुपमा उक्त प्रतिक्षालयको उद्घाटन गरेका छन् । बैंकका क्षेत्रीय निर्देशक बाबुकाजी थापाले यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै स्थानिय जनतालाई बैकले ल्याएको विभिन्न अत्याधुनिक सुविधा उपभोग गर्न अनुरोध गरे ।

उक्त कार्यक्रममा बैंकका वित्त तथा लेखा विभागका विभागिय प्रमुख श्री यज्ञ प्रकाश न्यौपाने, शाखा पालुंगका प्रबन्धक लगायत सम्पुर्ण कर्मचारी, उपमेयर खडग गोपाली, उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतिक्षालय निर्माणमा सहयोग गर्ने बैक तथा अन्य दाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Share News