सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा

<p>काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५ औँ फग सोनाम ल्होछार’ कार्यक्रममा सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्न सम्पूर्ण स्रोत र शक्ति बदल्न पर्ने बताए । अहिले तीन तहको सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले [&hellip;]</p>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५ औँ फग सोनाम ल्होछार’ कार्यक्रममा सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्न सम्पूर्ण स्रोत र शक्ति बदल्न पर्ने बताए ।

अहिले तीन तहको सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले ध्वंशपछि निर्माण हुने भएकाले भूकम्पपछि नयाँ निर्माणको कार्यबाट देश अघि बढिसकेको र नवनेपालको ऐतिहासिक बलियो जग खडा गरिसकेको बताए। उनले संस्कृति, पर्यटन पूर्वाधार क्षेत्रको महत्वपूर्ण पाटो भएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने जनाएका छन् । उनले तामाङ समुदायको पहिचानको रुपमा स्थापित बौद्धनाथलाई देशको अन्तर्राष्ट्रिय पहिचान हुने टिकट प्रकाशन गर्ने निर्णय बिहीबार भएकाले छिट्टै प्रकाशन हुने समेत जानकारी गराएका थिए ।
देश र प्रकृतिको बहुलता समावेशिता भएकाले राज्यको प्रत्येक निकायमा रहेको उल्लेख गर्दै सरकारले बिदा काटेको नभई स्थानीय सरकारले तीन दिन बिदा दिएको बताए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले समावेशी मुलुकको रुपमा गणतान्त्रिक व्यवस्था स्थापना भएकाले भाषा, सांस्कृतिक परम्परा र वेशभूषालाई जगेर्ना गर्ने काममा नगरपालिका लागिरहेको बताएका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तामाङ समुदायको महान् राष्ट्रिय पर्वको बिदा काटिएकामा त्यसलाई सङ्घीय सरकारले नै बिदा दिएर ल्होछारको सम्मान गर्नुपर्ने बताए । नगरपालिकाभरिका सबै समुदायको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो । रासस

Share News