काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले १९ गते मध्यरातदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैँयाले वृद्धि गरेको हो ।
अब प्रति लिटर पेट्रोलको मूल्य ११० रुपैंयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९७ रुपैंयाँ पुगेको छ । इन्धनको मूल्य वृद्धिलाई सधै आन्दोलनको मूल एजेण्डा बनाउँदै आएका विद्यार्थी संगठनहरुले अब के गर्छन भन्ने प्रश्न उठेको छ ।
प्रतिपक्षी काँग्रेसले सडक आन्दोलन गरिरहेका बेला उसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले आन्दोलनका लागि नयाँ मसला पाएका छन् । तर जनजिविकासँग नङमासुको सम्बन्ध रहेको दावी गर्ने सत्ताधारी विद्यार्थी र युवा संगठनले गर्छन त्यो चाँही रोचक हुनेछ ।